
धादिङ असोज २ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा बिमला श्रेष्ठको उपचारको लागि आर्थिक संकलन अभियान सुरुभएको छ । बोनम्यारो उत्पादन हुन नसकी टान्सप्लान्ट गर्नु पर्ने भए सँगै अहिले सम्म परिवारले १० लाख खर्च गरि सकेको अबको थप उपचारमा आर्थिक कठिनाई भएको भन्दै परिवारले आर्थिक सहयोगको याचना गरेपछि विमला बचाउन आर्थिक अभियान सुरुभएको हो ।
एक दिनको खाजा कटाऔं, १८ वर्षिय विमला बचाउऔं भोलीको दिन कल्ले देखेको छ, मानवियता देखाएर सकेको आर्थिक सहयोग गरौ भन्ने नाराका साथ आर्थिक सहयोग संकलन बिहिबारबाट सुरुभएको र हाल सम्म १ लाख ९ हजार २ सय संकलन भएको धादिङबेसी पुछारबजार स्थित साघुटार समाजका अशोक अधिकारीले बताउनु भयो ।
साघुटार समाजका अशोक अधिकारीलेले दिनु भएको जानकारी अनुसार पीडित विमलाको विषयमा बुझ्नको लागि उनको आमाको नम्बर 9841066925 वा अशोक अधिकारी 9841066602 अधिकारीलाई सम्पर्क गर्न सकिने छ भने । बिमलाको उपचारको लागि स्सुनिता श्रेष्ठको नाममा कृषि बिकाश बैंक धादिङ 0213001517124011 खातामा सहयोग रकम जम्मा गर्न सकिने छ ।
हाल सम्म प्राप्त भएको सहयोग रकम
कृष्ण रिजाल नलिकण्ठ २०,०००
लक्ष्मी कुमाल श्रेष्ठ नीलकण्ठ १२,५३५
रमेश बाबू श्रेष्ठ र रिना अधिकारी श्रेष्ठ नीलकण्ठ १०,११०
अनिल केसी नीलकण्ठ १०,०००
धर्म लोहनी नीलकण्ठ १०,०००
सुमन दुवाल नुवाकोट १०,०००
पुर्षोतम घिमिरे काठमाडौं १०,०००
प्रकाश सिंखडा नीलकण्ठ ७,०००
भगवती दुवाडी नीलकण्ठ ५,५५५
राजु कुमाल नीलकण्ठ ५,०००
बलराम लम्साल नीलकण्ठ, ५०००
गोपि सिटौला नीलकण्ठ २,०००
भिम बहादुर कुमाल नीलकण्ठ २,०००

