गजुरीमा पदमराज अधिकारीको नेतृत्वमा ब्याडमिण्टन क्लव गठन

Avatar photo
Dhadingpost
भदौ ३१, २०७८

धादिङ भदौ ३१ । धादिङमा ब्याडमिण्टन खेल लोकप्रिय बन्दै गए सँगै जिल्लामा ब्याडमिण्टन क्लवहरु गठन हुन थालेका छन् । यसैक्रममा धादिङको गजुरी गाउँपालिकामा पनि पदमराज अधिकारी अध्यक्ष रहने गरी ९ सदस्यीय गजुरी ब्याडमिण्टन क्लव गठन भएको छ ।

नव गठित गजुरी ब्याडमिण्टन क्लवको प्रथम उपाध्यक्षमा हरिबहादुर आले मगर, द्धितिय उपाध्यक्षमा अशेष मगर, सचिवमा दिवससागर श्रेष्ठ, कोषाध्यक्षमा अनिल श्रेष्ठ र सदस्यहरुमा दिपक राना मगर, नविनराज खड्का, आशिष रानामगर, राजेन्द्र सुवेदी चयन गरेको छ ।भेलाले चित्रबहादुर मगरको संरक्षकत्वमा सदस्यहरु मिलन डल्लाकोटी, विनोद भण्डारी, बिदुर कडेल रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।

धादिङ जिल्ला भरमा ३०० भन्दा बढी ब्याडमिण्टन खेलाडी रहेको जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठ बताउँछन् । खेलाडीहरुको उत्साहलाई ख्याल गर्दै जिल्ला सदरमुकाममा राष्ट्रिय मापदण्डको ब्याडमिण्टन कभर्डहल निमार्ण भैरहेको श्रेष्ठले बताए । गत वर्ष भदौ २९ गते नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाद्वारा शिलान्यास गरिएको यस कभर्डहल निमार्ण सुरुभएको एक वर्षको अवधिमा ८० लाख खर्च भएको र निमार्णको काम अन्तिम चरणमा रहेको समेत अध्यक्ष श्रेष्ठ बताउँछन् ।