
धादिङ भदौ २८ । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका निवासी अनलाईनखवरमा कार्यरत खेलकुद पत्रकार गोविन्दराज नेपालले युवा खेल पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा उनलाई सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । गोविन्दराज नेपालले ५० हजार रुपैयाँ बराबरको ल्यापटप पुरस्कार स्वरुप प्राप्त गरे । सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार पाएका पत्रकार नेपालले पुरस्कारले पत्रकारिता यात्रा अगाडि बढाउन हौसला मिलेको बताए ।
त्यस्तै अग्रज खेल पत्रकारिता सम्मानबाट मुकुन्द दाहाल सम्मानित भएका छन् । उनले २५ हजार रुपैयाँ पाएका छन् । मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
