धुनीबेसीमा अखिल क्रान्तिकारी गठन, अध्यक्षमा एलिस रेग्मी चयन

Avatar photo
Dhadingpost
भदौ २७, २०७८

धादिङ भदौ २७ । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एलिस रेग्मी अध्यक्ष रहने गरि ३५ सदस्यीय धुनीबेसी नगरपालिका स्तरिय कमिटी गठन गरेको छ ।

भदौ ३१ गते धादिङबेसीमा हुने जिल्ला सम्मेलन अघिनै पालिका स्तरीय सम्मेलन सक्ने योजना अनुसार आईतबार धुनीबेसीको नगर अधिबेसन भएको जिल्ला संयोजक उपेन्द्र जमकट्टेलले धादिङपोष्टलाई बताए ।

अखिल क्रान्तिकारी धुनीबेसीको नव गठिक कार्य समितिमा उपाध्यक्षमा सुनबहादुर तामाङ, सचिवमा शुसन आचार्य, सह सचिवमा रमेश रोक्का र कोषाध्यक्षमा कपिल कुवँर रहेका छन् ।