धादिङमा एमालेका ७५ जना जनप्रतिनीधिले नेकपा एस रोजे, संख्या अझै बढ्ने

Avatar photo
पुजा थापा
भदौ २१, २०७८

धादिङ भदौ २१ । निर्वाचन आयोगले जनप्रतिनीधिहरुलाई दिएको दल परिवर्तन गर्न पाउने समय सिमा सकिन एक दिन अगाडी आज सम्म धादिङमा एमालेबाट निर्वाचित ७५ जना जन प्रतिनीधिहरुले नेकपा एकीकृत समाजवादीमा जान निवेदन दिएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी धादिङका नेता गुरु बुर्लाकोटी आज दिनभर निर्वाचन कार्यलयमा एमाले छाड्न निवेदन दिन आउने जनप्रतिनीधिहरु सँगै रहे । धादिङपोष्ट सँग कुरा गर्दै नेता बुर्लाकोटीले भने आज सम्म ७५ जनाले एमाले त्याग्नु भयो भोली अझै एक दिन बाँकी छ, हामी धादिङमा पहिलो दल बन्छौं ।

धादिङमा ३०९ जना स्थानीय तहमा एमालेबाट विभिन्न पदमा निर्वाचित बनेका थिए ति मध्य आज सम्म ७५ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । को-कोले पार्टी परिवर्तनको लागि निवेदन दिए जिल्ला निर्वाचन कार्यालय धादिङले सार्वजनिक गरेको छैन ।

धादिङको १३ वटा स्थानीय तह मध्य ८ वटा एमालेले जितेको थियो जसमा ५ वटा गाउँपालिका थाँक्रे, गजुरी, सिद्धलेक, नेत्रावती डवजोङ र गंगाजमुनाका प्रमुखहरु एमालेमै रहने घोषणा गरि सकेका छन् भने बाँकी ३ वटा स्थानीय तहहरु धुनीबेसी नगरपालिका, गल्छी र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुखहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।