धादिङको रामपुरमा आँप पाक्न थाल्यो, एउटै १ केजी

Avatar photo
Dhadingpost
भदौ १९, २०७८

धादिङ भाद्र १९ । धादिङको ज्वालामुखी गाउँपालिका साविकको चनपुर गाविस स्थित रामपुरमा आँप पाक्न थालेको छ । एउटै दाना आँप १ केजी सम्मको छ, भदौको अन्तिम तिर पाक्ने हो, टिपेर गवाएर खान थालिएको कृषक कुल प्रसाद इटनी बताउँछन् ।

आफ्नो बारीमा १ बोटमा मात्रै फलेको छ । यो जातको आँप ज्वालामुखी गाउँपालिका ५ का अध्यक्ष कृष्ण काप्रीले ल्याएर वितरण गरेका हुन् । अन्यत्र कस्तो फलेको छ, थाहा भएन, मेरोमा एक वर्ष पातलो फल्छ, अर्को वर्ष बाक्लो फल्छ । यो वर्ष पातलो फलेको कृषक इटनी बताउँछन् ।

मेरो जग्गा बुढीगण्डकी डुवान क्षेत्रमा पर्छ, कृषि प्राविधिहरु आएर यो आँपलाई कलमी गरेर अन्त्र व्यवसायीक खेतीको लागि पहल गरिए यो असोजमा पाक्ने आँपको बजारभाउ राम्रो हुने हुँदा किसानले फाईदा लिन सक्ने कृषक इटनी बताउँछन् ।