
धादिङ भाद्र १८ । धादिङको शुभारम्भ युवा समाज गल्छीले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामाबराबरी (१-१ गोल) खेलेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि आरी ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा धादिङको शुभारम्भ युवा समाज गल्छीले आज दोस्रो खेल खेलेको हो यस अघिको खेलमा गल्छीले ज्वालामुखीलाई हराएको थियो । ललितपुरको इमाडोलले भने आज पहिलो खेल खेलेको हो ।
आजको खेलमा गल्छीको लागि अमित तामाङले ६९ औं मिनेटमा गोल गरेका थिए भने इमाडोलको लागि निशान मगरले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए । गल्छीले अब समुह विजेता हुन भाद्र २० गते हुने ज्वालामुखी र इमाडोलको खेल कुर्नुपर्ने भएको छ ।
यस छनोट प्रतियोगितामा हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।
