
धादिङ । धादिङबेसीको बीचबजार क्याम्पस चोकमा स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा वीपी पार्क निमार्ण अन्तिम चरणमा पुगेको नीलकण्ठ नगरपालिकाले जनाएको छ । बालकाजी श्रेष्ठ अध्यक्ष रहेको उपभोक्ता समिति मार्फत डिभिजन वन कार्यालयको समेत आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिकाले धादिङबेसी बीचबजारमा वीपीपार्क बनाएको नगर प्रमुख भिम ढुङ्गानाले बताए ।
आठ आना जग्गामा फैलिएको उक्त वीपी पार्क नीलकण्ठ नगरपालिकाको २५ लाख, डिभिजन वन कार्यालयको १० लाख र जन श्रमदानबाट बनाईएको उपभोक्ता समितिका अध्यक्ष बालकाजी श्रेष्ठले बताए । पार्कको अब पेटी र बत्तीको केहि काम बाँकी छ, निरन्तर झरीका कारणले पनि काम ढिला भएको हो ३-४ दिनको काम हो त्यस पछि नगरपालिकालाई हस्तान्तरण गरिने उनले बताए ।
धादिङबेसीको सडक पेटी निमार्ण, सडक बत्ती, प्रत्येक घर अगाडी सडक किनारमा एक विरुवा, चोक चोक र व्यक्त बजारमा आवस्यताको आधारमा थप सीसी क्यामरा, जिल्ला कै उत्कृष्ठ नमुना विद्यालय, उत्कृष्ठ क्याम्पस, सदरमुकाम क्षेत्रमा निशुल्क इन्टरनेटको सुविधा, सदरमुकाममा देखिएको खानेपानी समस्या समाधानको लागि ५३ करोड योजना अगाडी बढी सकेको छ, सँगै बीच बजारमा बनेको वीपी पार्क समृद्ध नीलकण्ठको सुरुवात भएको नगर प्रमुख ढुङ्गाना बताउँछन् ।
नीलकण्ठका ग्रामिण सडकहरु अहिले वर्षादका कारण भत्किएका छन् अब तत्काल मर्मत कार्य अगाडी बढाईन्छ नीकण्ठको विकासका लागि सदरमुकाम मात्रै नहेरिएको दावी गर्दै सबै वडाहरुमा समान विकासको अवधारणा अनुरुप काम अगाडी बढेको नगर प्रमुख ढुङ्गाना दावी छ ।
नगर प्रमुख ढुङ्गानाका अनुसार २०७७-०७८ का मुख्य कामहरु यस्ता छन्
१. नीलकण्ठ नगरपालिकामा ९५ किलोमिटर रिंग रोडको ट्रयाक खोलि स्तरोन्नती जारी ।
२. थोपल खोला किनारमा कोरिडोर निमार्ण ।
३. धादिङ अस्पतालबाट संचालित अस्थायी कोभिड अस्पतालमा अक्सिजन जेनेरेसन प्लान्ट स्थापना गरि नागरिक जीवन रक्षामा महत्वपुर्ण योगदान ।
४. धादिङबेसीको खानेपानी सुधारका लागि सह वित्तीय लगानीमा करिब ५३ करोडको परियोजना अगाडी बढेको छ ।
५. नीलकण्ठ नगरपालिकाद्धारा आवश्यक पर्दा निशुल्क राहत उपलब्ध गराईएको छ।
६. नगर क्षेत्रका विद्यालय भवन ९५ प्रतिशत पक्कि भवनका साथ सम्पन्न ।
७. फोहोर मैला व्यवस्थापन प्रभावकारी रुपले गरिएको छ ।
८. पशु विमामा ८५ प्रतिशत अनुदानको व्यवस्था गरीएको छ ।
९. विपन्न नागरिकलाई रु १० हजार काज किरिया खर्च उपलब्ध गराउन थालिएको छ ।
१०. गर्भवती महिलालाई अस्पताल लैजान निशुल्क एम्बुलेन्स र नगरपालिकाका आम नगरीकलाई रग आवश्यक पदा निशुल्क उपलब्ध गराईने व्यवस्था
