
धादिङ । माओवादी केन्द्र नीकट अखिल क्रान्तिकारीले बेनीघाट रोराङ गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ । शनिबार भएको भेलाले सुमन सुनुवारको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी बनेको जिल्ला संयोजक उपेन्द्र जमकट्टेलले बताए ।
गठित गाउँपालिका स्तरिय कमिटीको उपाध्यक्ष्मा विवेक पोखरेल, सचिव सुनिल बस्नेत, सहसचिव अविक रिजाल, कोषध्यक्ष कुस्मा रिजाल रहेका छन् । अखिल क्रान्तिकारीले जिल्लाभर विद्यालय र गाउँपालिका स्तरीय कमिटी निमार्णलाई जोड दिएको अध्यक्ष उपेन्द्र जमकट्टेल बताउँछन् ।
बिहिबार मात्रै सुनौलाबजारमा रहेको भैरवी माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारीले निर्मल श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी गठन गरेको थियो । जसको उपाध्यक्षमा आकृती श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, सह–सचिवमा सन्दिप राना मगर र कोषाध्यक्षमा सलिना श्रेष्ठ चयन भएको भिमसेन श्रेष्ठ रहेका छन् ।

