विप्लव नेतृत्वको नेकपा सिद्धलेकको प्रथम भेला सम्पन्न

Avatar photo
Dhadingpost
भदौ ११, २०७८

धादिङ भाद्र ११ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङ सिद्धलेकको प्रथम भेला कुम्पुर भञ्ज्याङमा सम्पन्न भएको छ । सिद्धलेक गाउँ कमिटीका ईन्चार्ज जीवनको अध्यक्षता र नेकपा धादिङ जिल्ला पार्टी पुर्व ईन्चार्ज तथा सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट सुरेशको नेतृत्वमा १९ सदस्यीय गाउँ समिति गठन गरेको छ ।

जिल्ला सेक्रेटरी सुमनले गाउँ भेला तथा जनसेवा संगठन विस्तार अभियान भेलालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले मात्र वर्ग विभेदको अन्त्य गर्ने भएकोले सवै नेपाली जनता संसदीय व्यवस्थाको विकल्पमा नेपाल कम्युनिस्ट पार्टीले अगाडी सारेको वैज्ञानिक समाजवादमा गोलबन्द हुन आव्हान गरेका थिए ।

देशभक्त नेपाली बुद्धि प्रगतिशिल शक्तिहरुले दलासंसदिय ब्यावस्थाका विरुद्ध एकजुट भयर लाग्न ढिला गर्न नहुने कुरा उनले जोड दिएका थिए प्रतिक लामाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

उक्त भेलालाई पार्टीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिव सागर तामाङले शुभकामना मन्तव्य राखेका थिए भने भेलाको सञ्चालन राजु घले गरेका थिए । भेलामा नेकपा धादिङ पुर्व सेक्रेटेरी प्रवेश, जिल्ला सदस्य लेख वहादुर , प्रतिक, गणेश र अभय लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।