
धादिङ भाद्र ११ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङबाट ८ जनाले भदौ महिनामा मात्रै सहादत प्राप्त गरेका थिए । जनयुद्धमा धादिङमा माओवादी तर्फ ११५ जनाले ज्यान गुमाएका मध्य ८ जनाले भाद्र महिनामा ज्यान गुमाएका थिए ।
मैदी प्रहरी चौकी, दार्खा प्रहरी चौकी, अर्घाखाचीको सदरमुकाम सन्धिखर्क २०५९/०५/२३ नुवाकोटको तारुका चौकी, स्याङजा सदरमुकाम कार्बाही २०५८/०८/०८ लगायतका थुप्रै जिल्ला क्षेत्र अञ्चल स्तरिय कार्वाहीमा सहभागी धुँवाकोटका चन्द्र बहादुर तामाङ प्रतापले यहि महिनामा ज्यान गुमाएका हुन् ।
यस्तै साहित्यमा निकै रुचि राख्ने, मेलमिलाप क्षेत्रमा दख्खल सुनौला बजारका मुकुन्द सेनलाई पनि तात्कालिन सेनाले माओवादी बने कै आधारमा निशस्त्र अवस्थामा नै हत्या गरेको थियो ।
भाद्र महिनाको १ गते सहादत प्राप्त गर्नुहुने रेजिनाको जीवनी धादिङपोष्टले प्रकाशित गरी सकेको छ भने अन्य सहिदहरुको पनि सहादत प्राप्त गरेको दिन फेला परेको जतिको जिवनी प्रकाशित गर्ने गरेको छ ।
भाद्र महिनाका आठ सहिदको विवरण
१. रिता श्रेष्ठ, रेजिना, नीलकण्ठ-१४, धुँवाकोट
सहादत मिति र स्थान: ०५९।०५।०१, सर्तुङ
२. चन्द्र बहादु तामाङ प्रताप, नीलकण्ठ-१४, धुँवाकोट
सहादत मिति र स्थान: ०५९।०५।२३, सन्धिखर्क
३. मुकुन्द सेन सन्देश, कल्लेरी
सहादत मिति र स्थान: २०५९।५।२९, थर्पु
४. रञ्जिता ढकाल प्रगति, गंगाजमुना, बसेरी
सहादत मिति र स्थान: २०६०।५।२७, नुवाकोट
५. इन्द्र बहादु थपलिया चट्यान, बेनिघाट रोराङ, धुषा
सहादत मिति र स्थान: २०५९।५।१५, भुमेस्थान
६. सुमित्रा दंगाल संगिता, जीवनपुर
सहादत मिति र स्थान: २०५९।५।१३, तसर्पु
७. बिन्दा सुवेदी अनिता, भुमेस्थान
सहादत मिति र स्थान: २०५९।५।१५, भुमेस्थान
८. कमल ढकाल तराई, भुमेस्थान
सहादत मिति र स्थान: २०५९।५।१५ भुमेस्थान
