धादिङमा कोरोनाको सक्रिय केस १५० जना

Avatar photo
Dhadingpost
भदौ १०, २०७८

धादिङ भाद्र १० । धादिङमा विहिबार (आज) ५ जना संक्रमित थपिए सँगै कोरोनाको सक्रिय केस १५० जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा २, गंगाजमुनामा १, ज्वालामुखीमा १ र सिद्धलेकमा १ जना छन् । आजै धादिङ ३६ जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालभरमा थप २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।