अष्ट्रेलिया बस्ने दिपक पाण्डेद्वारा स्कुल बस खरिदका लागि २ लाख सहयोग

Avatar photo
Dhadingpost
भदौ ९, २०७८

धादिङ भाद्र ९ । धादिङको धुनीबेसी नगरपालिका ९ मा रहेको डिल्ली सावित्री माध्यामिक विद्यालयले स्कुल बस खरीदका लागि गरेको आर्थिक संकलन अभियानमा अष्ट्रेलिया बस्ने दिपक पाण्डेले २ लाख सहयोग गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राना क्षेत्रीले विद्यालयको पूर्व विद्यार्थी एवं पूर्व शिक्षक समेत रहेका पाण्डेबाट स्कुल बस खरिदको लागि चासो देखाउँदै २ लाख सहयोग प्राप्त भएको बताए ।

विद्यालयको लागि दुई रोपनी भन्दा बढी जग्गा दान गर्ने डिल्लीचापागाई र सावित्री चापागाईको नामबाट डिल्ली सावित्री मावि नामाकरण गरिएको विद्यालयका प्राधान्याधापक बताए । प्र.अ.  घनश्याम अधिकारीले स्कुल बस खरीदका लागि करीव नेपाली २७ लाख लाग्ने हुँदा आर्थिक सहयोगको अपिल गरे सँगै आर्थिक संकलन जारी छ ।

राजमार्ग क्षेत्रका कतिपय विद्यालयलाई प्रदेश सरकारले नै स्कुल बस उपलब्ध गराएपनि यस विद्यालय प्रदेश सरकारको नजर नपरेपछि चन्दा संकलन गरेर स्कुल बस खरिद गर्ने लक्ष्यका साथ आर्थिक संकलन अभियान सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राना क्षेत्री बताउँछन् ।

अहिले सम्म पाप्त सहयोग

  1. दिपक पाण्डे अष्ट्रेलिया रु.२,००,०००
  2. राजेशराज पाण्डे धुनीबेसी रु.५१,१५१
  3. साइला राई धुनीबेसी रु.३०,०००
  4. दिपक खत्री (शिक्षक) रु.२५, ५५५
  5. दिपक राई, धुनीबेसी रु.२५,५२५
  6. घनश्याम अधिकारी, प्र.अ. बाट रु.२५,५२५
  7. सन्तोष राना क्षेत्री, धुनीबेसी रु.२५,५२५
  8. चन्द्रबहादुर केसी काठमाडौं रु.२५,५५५
  9. सरस्वती पाण्डे (शिक्षिका) रु.२५,५२५
  10. गोविन्द प्रसाद पाण्डे (शिक्षक) रु.२५,०००
  11. सुर्य बहादुर राई जापान रु.२५,०००
  12. लक्ष्मी विष्ट (खत्री) धुनीबेसी रु.२३,८२५
  13. राजेन्द्र लामा (राजीव) धुनीबेसी रु.२१,०००
  14. सानुकान्छा राई, धुनीबेसी-९ बाट रु.२०,२२०
  15. लक्ष्मण खड्गी, धुनीबेसी-९ बाट रु.२०,५००
  16. बिनोद आचार्य, धुनीबेसी-६ बाट रु.२०,५००
  17. अच्युत उप्रेती, धुनीबेसी-७ बाट रु.२०,५०५
  18. मंगल कुमार भ्लोन धुनीबेसी रु.२०,५००
  19. बिक्रम जंग राना, धुनीबेसी-९ बाट रु.२०,२०२
  20. केशव पाण्डे धुनीबेसी रु.११,११५
  21. रामशरण राना धुनीबेसी रु.१०,१०१