धादिङमा कोरोना संक्रमितको संख्या १७६ जना

Avatar photo
Dhadingpost
भदौ ८, २०७८

धादिङ भाद्र ८ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका १३ जना सहित १७६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

धादिङमा हाल कोरोना संक्रमित १७६ जना हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा १६६ रहेका छन् । आज थपिएका १३ जना संक्रमितहरुमा नीलकण्ठमा ३, गंगाजमुनामा ४, त्रिपुरासुन्दरीमा २, थाक्रेमा २ र धादिङ हस्पिटलमा २ जना छन् ।

२४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।