
धादिङ भाद्र ७ । सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका वडा अध्यक्ष कमल गुरुङ अखिल नेपाल किसान महासंघ धादिङको संयोजकमा चयन भएका छन् ।
सोमबार धादिङबेसीमा सम्पन्न नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ धादिङ आज भएको भेलाले गुरुङको अध्यक्षतामा ८५ सदसीय कार्यसमिति गठन गरेको छ ।
भेलाबाट कार्यसमितिको सहसंयोजकमा विष्णुहरी लम्साल, सचिवमा रमेश नेपाल र सहसचिवमा हुम कुमारी गुरुङ चयन भएका छन् । भेलाले संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रअनुसार संयोजक र सचिव तोकेको छ ।
क्षेत्र नम्बर १ को संयोजक नेतानन्द थपलिया र सचिव मनोज थापा, क्षेत्र नम्बर २ को संयोजकमा कलानिधि खनाल र सचिवमा गोपाल तामाङ तोकिएको छ ।
त्यसैगरि कार्यकर्ता भेलाले क्षेत्र नम्बर १ को प्रदेश क मा रामजी आचार्य, ख मा बद्री इटनी, क्षेत्र नम्बर २ को क मा काशीनाथ लम्साल र ख मा कृष्णबहादुर तामाङलाई संयोजक तोकेको छ ।
