धादिङका पूर्व फुटबल खेलाडी राजु गुरुङको निधन

Avatar photo
Dhadingpost
भदौ ७, २०७८

धादिङ भाद्र ६ । धादिङका पूर्व फुटबल खेलाडी बेनीघाट रोराङ ३ मलेखु निवासी राजु गुरुङको असामहिक निधन भएको छ ।

धादिङको नाम कमाएको एन्फा लिगको सार्वाधिक विजेता भद्रकाली युवा समाजको ०६१–६२ का १ नम्बरका खेलाडी राजु गुरुङको निधन भएको एन्फा धादिङका महा सचिव रामहरी थापाले धादिङपोष्टलाई बताए ।

खेल जिवन सँगै ०६९ मा माओवादी सदस्य समेत बनेका गुरुङ निमुनियाको रोगी थिए केहि दिन पहिला स्वास्थ्यमा समस्या आए सँगै उपचारत रहेकै अवस्थामा कोरोना संक्रमण देखिएपछि निधन भएको एन्फा धादिङका महसाचिव रामहरि थापाले बताए ।