
धादिङ, भदौ ५ । सत्यवती आल्मुनाई एसोसिएसन अफ नेपालले ५ जना छात्राहरुलाई छात्रवृत्तिसँगै १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सान नेपाल धादिङको सिद्धलेक गाउँपालिकामा अवस्थित सत्यवती माविका पूर्व विद्यार्थीहरुद्वारा सञ्चालित आल्मुनाई हो । संस्थाले शुक्रबार विद्यार्थी कल्याणकारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री र स्थानीय क्लबलाई खेलकूद सामग्री वितरण पनि वितरण गरेको सानका अध्यक्ष बद्री सुवेदीले जानकारी दिए ।
शैक्षिक सामग्री खरिदका लागि भूतपूर्व विद्यार्थी र उनीहरु आवद्ध संघसंस्थाले सहयोग गरेका थिए । अध्यक्ष सुवेदीका अनुसार स्वागत ट्रेडिङका माधव खतिवडाबाट ६० हजार, प्रवेश ट्रेडर्सका परशुराम खतिवडाबाट फुटबल, स्पोर्ट सुज र विभिन्न खेलकुद सामग्रीहरु सहयोग गरेका हुन् ।
त्यस्तै, छात्रवृत्तिका लागि जीवन लामिछानेबाट १० हजार, परशुराम खतिव८ाबाट १० हजार, अर्चना पौडेल सुवेदीबाट १० हजार, कुञ्जी खतिव८ाबाट १० हजार, ओमप्रकाश शारडाबाट १० हजार सहयोग प्राप्त भएको सुवेदीले जानकारी दिए ।
शैक्षिक सामग्री वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खतिवडा, प्रधानाध्यापक लक्ष्मण शर्मा, शिक्षक रामबहादुर खतिवडा र भूतपूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
