धादिङका दुई युवा गाँजा सहित पक्राउ

Avatar photo
Dhadingpost
भदौ ४, २०७८

धादिङ भाद्र ४ । धादिङको ज्वालामुखी गाउँपालिका–४ का २२ वर्षीय विकास अधिकारी र निलकण्ठ नगरपालिका–१० का २० वर्षीय मनोज इटनीलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले टोलीले राजमार्गमा चेकजाँचका क्रममा उनीहरुलाई तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट १ किलो गाँजा सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ परेका उनीहरु प्रहरीको अनुसन्धानमा छन् । फाईल: फोटो