कृष्ण तिमिल्सिनाद्वारा एनआरएनए युरोपको संयोजकमा उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
भदौ ३, २०७८

काठमाडौं भाद्र ३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय अधिवेशनमा धादिङ धुवाकोट जन्म घर भै लण्डनमा बस्दै आएका कृष्ण तिमल्सिनाले संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तिमिल्सिनाले सामाजिक सञ्जालबाट घोषणा गरेका हुन् ।

करिव डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सिना नेप्लिज सेफ एसोसिएसन यूकेका पूर्व अध्यक्ष, एनआरएनए यूकेका पूर्वउपाध्यक्ष तथा एनआरएनए आईसीसीका पूर्व सदस्य हुन् भने अहिले उनी एनआरएनए युरोप क्षेत्रको उपसंयोजक छन् ।

सेफ पृष्ठभूमिबाट करियर सुरू गरेका उनी एक दशकदेखि क्रिस फुडका प्रबन्ध निर्देशक रहेका छन् । तिमिल्सिनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगको हात फैलाउँदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी रहेको छ ।