
धादिङ भाद्र २ । धादिङमा आज २० जना संक्रमित थपिएका छन् भने ३० जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार आज थपिएका संक्रमितहरुमा धुनीकेसीमा ४, गंगाजमुनामा ३, त्रिपुरासुन्दरीमा २, ज्वालामुखीमा ५, खानियाबासमा १ र धादिङ हस्पिटलमा ५ गरि २० छन् ।
जिल्लाको सक्रिय केश २७९ पुगेको छ । हस्पिटल आईशोलेसनमा ८ र होम आईशोलेसनमा २७१ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । १०६ एनटीजेन परिक्षण मध्ये २० पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४०३ जना कोरोना संक्रमित थिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १६ हजार ८३८ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४२ जनाको मृत्यु भएको छ । सोही अवधिमा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन्।

