
धादिङ भाद्र १ । धादिङ जिल्लामा पटक पटक गरि ४० हजार २८१ कोरोना विरुद्धको दास्रो डोजको खोप लगाएका छन् । धादिङमा अझै पहिलो डोज खोप लगाएका ८,४१३ जनाले दोस्रो खोप लगाउन बाँकी रहेको छ ।
धादिङ जिल्लामा ‘कोभिडशिल्ड’ खोपको पहिलो डोज २२,१३८ जनाले लाएका थिए, जसमा १४,४९९ जनाले साउन ३१ र ३२ गते यस अघि ३,११३ जना गरी १७,६१२ जनाले दोस्रो डोज लगाएका छन् ।
साउन ३१ र ३२ गते चलेको ‘कोभिडशिल्ड’ को दोस्रो डोज खोप कार्यक्रममा धादिङका ७,४७३ जना पुरुष र ७,०२६ जना महिलाले दोस्रो डोज लगाएका छन् । ‘कोभिडशिल्ड’ को दोस्रो डोज खोप धादिङमा सबै भन्दा धेरै २,४५० जना र सबै भन्दा कम रुबीभ्यालीमा ३६२ जनाले लगाए ।
धादिङमा धादिङमा २६,५५६ जनाले चिनियाँ ‘भेरोसेल’ खोप लगाएका थिए जसमा साउन २७ र २८ गते ९,२२८ पुरुष र ८७५७ महिला गरी १७,९८५ जनाले र यसअघि ४,६८४ जना गरी २२,६६९ जनाले दोस्रो खोप लगाएका छन् ।
धादिङ लगाईएको खोप हो ‘जोनसन एन्ड जोनसन’ यो खोप धादिङमा १६ हजार ८६० जनाले लगाएका छन् ।

