बक्सिङ संघद्वारा १२ जिल्लालाई खेल सामाग्री प्रदान

Avatar photo
Dhadingpost
साउन ३१, २०७८

धादिङ साउन ३१ । नेपाल बक्सिङ संघ १२ वटा जिल्लालाई खेल सामाग्री प्रदान गरेको रमेश अधिकारीले जानकारी दिनु भएको छ ।

जिल्ला बक्सिङ संघहरुको परामर्श एवं अन्तरक्रिया कार्यक्रममा जिल्ला जिल्लाको १२ जिल्लाका अध्यक्ष एवं प्रतिनिधिहरुलाई बक्सिङ खेलको विकासका लागि खेल सामाग्री गरिएको अध्यक्ष नेपाल बक्सिङ संघका आदरणीय अध्यक्ष राम अवाले बताएका छन् ।

उक्त कार्यक्रममा रा।खे।प।सदस्य एवं नेपाल बक्सिङ संघका बरिस्ठ उपाध्यक्ष अर्जुन बहादुर के. सी. , ओलम्पियन राम बहादुर गिरी, डम्बरभक्त भट्ट, प्रमुख प्रशिक्षक प्रकाश थपा, एसियन मेडलिष्ट दिपक महर्जन, केन्द्रीय सदस्य एवं प्रवक्ता श्याम काजी अवाले, पुष्कर पन्थ, मान भण्डारी, धादिङका रमेश अधिकारी र १२ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।