डाँका मुद्दामा फरार नीलकण्ठका अर्जुन नेपाली पक्राउ

Avatar photo
Dhadingpost
साउन २८, २०७८

धादिङ साउन २८ । डाँका मुद्दामा ५ वर्षदेखि फरार रहेका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय अर्जुन नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले डाँका मुद्धामा २०७३ जेठ २४ गते ११ महिना ८ दिन कैद र २ लाख ६७ हजार जरिवाना हुने फैसला सुनाए सँगै फरार रहेको उनलाई काठमाडौं गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नीज अर्जुनले विभिन्न समयमा विनोद भण्डारी, मोहनकाजी श्रेष्ठ र माधव पन्तको घरमा गएर नकवजनी चोरी गरेको अनुसन्धानबाट पुष्टि भएको र अदालतले सोही प्रमाणका आधारमा फैसला गरेको थियो ।