धादिङमा आज पनि ‘भेरोसेल’ खोप लगाईदै, हिजो १० हजारले लगाए

Avatar photo
Dhadingpost
साउन २८, २०७८

धादिङ साउन २८ । धादिङमा आज पनि पहिलो पटक ‘भेरोसेल’ खोप लगाएकाहरुलाई दोस्रो डोज लगाईदैछ । जिल्ला स्वास्थ्य कार्यालयले हिजो र आज दुई दिन दिन ‘भेरोसेल’ खोपको दास्रो डोज लगाउने बताए सँगै हिजो खोप लगाउन नभ्याएकाहरुलाई आज लगाईने छ ।

जिल्लाका ७० वटा खोप केन्द्रबाट पहिलो दिन (हिजो) ५२९४ महिला र ५५९६ पुरुष गरी १०,८९० जनाले भेरोसेलको दोस्रो डोज लगाएका थिए ।

धादिङमा धादिङका २१ हजार ८७२ जनालाई दोस्रो डोज लगाउने कार्यक्रम हो हिजो १०,८९० जनाले लगाए आज बाँकीलाई लगाईने छ । आज पनि कोहि छुटे अर्को पटक लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्ला बाहिर अन्यत्र भेरोसेलको पहिलो डोज लगाई जिल्लामा आई बसेकाहरुलाई समेत दोस्रो डोज लगाईने छ ।

धादिङमा ‘कोभिडशिल्ड’ खोपको पहिलो डोज लगाउनेको संख्या २२ हजार १३८ जना छ । यस मध्य दोस्रो डोज ३ हजार ११३ जनाले मात्रै लगाएको छन् अझै यो खोपको दास्रो डोज लगाउन १८ हजार ९०५ जना बाँकी छन् ।

त्यसैगरी धादिङ पछिल्लो पटक लगाईएको अमेरीकन ‘जोनसन एन्ड जोनसन’ खोप हो । यो खोप धादिङमा १६ हजार ८६० जनाले लगाएका छन् । यो सिङ्गल डोजको खोप भएकोले अर्को डोज लगाउनु पर्दैन । फाईल तस्वीर