
धादिङ साउन २६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा २५ जना कोरोना संक्रमित भएका छन् भने २८ जना कोरोना संक्रमणबाट मुक्त हुँदै डिस्चार्ज भउका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार आज संक्रमित हुनेमा नीलकण्ठमा ७, धुनीबेसीमा १, गल्छीमा २, गजुरीमा २, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ३ र धादिङ हस्पिटलमा ६ गरी २५ छन् ।
यो सँगै धादिङमा सक्रिय केश ४१२ पुगेको छ । जिल्ला हस्पिटल आइहोलेसनमा ११ र होम आइशोलेसनमा ४०१ रहेका छन् ।
जिल्लामा आज स्वाब संकलन भएको छैन । १०७ एनटीजेन मध्ये २५ पोजिटिभ आएको छ ।

