
धादिङ साउन २५ । धादिङ जिल्लामा पछिल्लो २ घण्टाको अवधिमा ५५ जना कोरोना संक्रमित भएका छन् भने २५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा नीलकण्ठमा ११, धुनीबेसीमा २, गल्छीमा २, बेनिघाट रोराङमा ४, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा १, सिद्धलेकमा ४ र धादिङ हस्पिटलमा २१ गरेर ५५ छन् ।
धादिङको सक्रिय केस ४१५ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइशोलेसनमा १४ र होम आइशोलेसनमा ४०१ रहेका छन् ।
गजुरीमा आज १५ स्वाब संकलन भएको छ । १५७ एनटीजेन परिक्षण मध्ये ३३ पोजिटिभ आएको छ ।

