धादिङबेसी सडकमा मास्क बाड्दै प्रहरी

Avatar photo
Dhadingpost
साउन २५, २०७८

धादिङ साउन २५ । जिल्ला प्रहरी कार्यालय धादिङले सडकमा मास्क नलगाई हिड्ने पैदल यात्रीहरुलाई सोमबार कोरोना रोकथाम बारे सचेतना मुलक सन्देश सहित मास्क वितरण गरेको छ ।

कोभिड-१९ महामारी बच्नको लागि नेपाल सरकारद्वारा श्रावण २३ गते देखि सुरु भएको नेपाल मास्क अभियान कार्यक्रम अन्तर्गत प्रहरीले धादिङबेसी सडकमा मास्क बाढेको हो ।

उक्त जनचेतनामुलक कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ र उद्योग वाणिज्य सघ धादिङको सहयोगमा प्राप्त १००० थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।