दुबईमा कृष्ण राना हाम्रो सम्पर्कमा हुनुहुन्छ –ढुङ्गाना

Avatar photo
Dhadingpost
साउन २५, २०७८

धादिङ साउन २५ । धादिङपोष्टलाई दुबईबाट बासु भट्टले धादिङका कृष्ण राना दुबईमा अलपत्र हुनुहुन्छ समाचार बनाई दिनु पर्यो भनेर म्यासेज गरे सँगै हामीले उक्त म्यासेजलाई आधार मानि दुबईमा कृष्ण राना अलपत्र भनेर समाचार लेखेका थियौं ।

समाचार प्रकाशित भए सँगै प्रवासमा रहेका नेपालीहरु र सुरक्षित आप्रवास सामी परियोजना नीलकण्ठका प्रमुख दिनेश दुवाडीले उद्दारको लागि पहल सुरु गर्न थाले ।

यसै समयमा दुबईमा रहनु भएका केशव ढुङ्गानाले कृष्ण राना आफ्नो सम्पर्कमा रहेको अलपत्र नपरेको खान बस्न समस्या नभएको बताएका छन् ।

ढुङ्गानाले धादिङपोष्ट सँग कुरा गर्दै मलाई भेट्न १–२ दिन विराएर कृष्ण राना आफै आउँछन्, उनको भिजा २०१८ को अन्त्य तिरै सिद्धिएले नेपाल फर्कन सकेका छैनन् । मिडियामा आए जस्तै मानसिक सन्तुलन ठिक नभएको चाहि सत्य हैन । केहि दिन पहिला लडेर ढाँडमा सामान्य चोट लागेको थियो मोबाईल पनि हराएकोले राना सिधै सम्पर्क गर्न सकिने अवस्था भने नरहेको ढुङ्गानाले बताए ।

हामी नेपाल फर्काउन प्रयास गरि रहेका छौं भिजा सिद्धिएको धेरै भएकोले जरिवाना पनि धेरैन तिर्नु पर्छ र उहाँ आफै नेपाल जान उत्साहित नहुनु भएकोले पनि फर्काउन नसकिएको ढुङ्गाना बताउँछन् ।

यस्तो थियो दुबईबाट बासु भट्टले धादिङपोष्टलाई लेखेको म्यासेज