धादिङमा भेरोसिल दोस्रो डोजको खोप साउन २७ र २८ गते दिईने, नयाँलाई नलगाईने

Avatar photo
Dhadingpost
साउन २२, २०७८

धादिङ साउन २२ । धादिङ जिल्लामा यहि साउन २७ र २७ गते कोरोना विरुद्धको भेरोसिल पहिलो डोज लगाएका नागरिकहरुलाई दास्रो डोजको खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले जारी गरेको सूचना अनुसार साउन ४ र ५ गते पहिलो डोज लगाएका नागरिकलाई मात्रै साउन २७ र २८ गते दास्रो डोजको खोप लागाउन लागिएको हो ।

पूर्ववत संचालन भएका खोप केन्द्रहरुबाटै दास्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ साउन २७ र २८ गते नयाँलाई खोप नलगाईने समेत स्वास्थ्य कार्यालय धादिङले सूचनामा जनाएको छ ।

धादिङमा २६ हजार ५५६ जनाले पहिलो डोज भेरोसिल खोप लागाए पनि ४ हजार ६८४ जनाले मात्रै दोस्रो डोज लगाएका छन् बाँकी अन्यलाई साउन २७ र २८ गते दोस्रो खोप लगाईन लागेको हो ।