धादिङबेसीको बज्राचार्य जनरल स्टोर्सलाई कार्वाही

Avatar photo
Dhadingpost
साउन २२, २०७८

धादिङ साउन २२ । धादिङबेसी पुछारबजारमा रहेको बज्राचार्य जनरल स्टोर्सलाई बजार अनुगमन टोलीले जरिवाना गाराई कार्वाही गरेको छ ।

जिल्ला प्रशासन धादिङ र जिल्ला घरेलु कार्यालयबाट खटिएको बजार अनुगमन टोलीले मापदण्ड विपरित संचालन गरेको भन्दै बिहिबार २० हजार नगद जरिवाना गर्दै कार्वाही गरेको हो ।

गोदाममा ४ किसिमका म्याद गुज्रिएका सामग्री, चामलको बोरालाई रिलेबलिङ गरिएको, यसअघिको निर्देशन पालना नगरिएको र मूल्यसूची अद्यावधिक नगरेको कारण बज्राचार्य जनरल स्टोर्सलाई कार्वाही गरेको अनुगमन टोलीले जनाएको छ ।