
धादिङ साउन १७ । माओवादी केन्द्र नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङले माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन निमार्णको लागि रु। ५ लाख २५ हजार रुपैया सहयोग प्रदान गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच एकीकृत अखिल नेपाल शिक्षक संगठनn बागमती प्रदेश अध्यक्ष शंकर अधिकारी एवं जिल्ला अध्यक्ष खिल प्रसाद धमलाले उक्त रकम नेता विजय बुर्लाकोटीलाई हस्तान्तरण गरेका थिए ।
यस अघि माओवादी केन्द्र धादिङका डन्चार्ज शालिकराम जमकट्टेलले पार्टी कार्यालदय भवन निमार्णको लागि १ लाख व्यक्तिगत सहयोग गरे सँगै आर्थिक सहयोग गर्नेहरु बढ्दै गएको माओवादी केन्द्र धादिङले जनाएको छ ।
पार्टी कार्यालय भवन निर्माणको लागि सानिमा बैंक धादिङ शाखामा ग्ऋएल्९ः०म्ष्कतचष्अत UCPN(M)District Committee Dhading को खाता नम्बर ००४०१००१०००००३५ मा रकम जम्मा गर्न सकिने माओवादी केन्द्रले जनाएको छ ।
आर्थिक संकल अभियान सुरु भए सँगै माओवादी कार्याकर्ताहरुले रकम हिनामिन नहुनका लागि आर्थिक पारदर्शिता कायम गर्न माग गरेका छन् ।
