धादिङमा आज ५६ जना डिस्चार्ज, २८ जना संक्रमित थपिए

Avatar photo
Dhadingpost
साउन १५, २०७८

धादिङ साउन १५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५६ जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् भने यहि अवधिमा २८ जना संक्रमित थप भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकाी अनुसार अज थपिएका संक्रमितहरुमा सिद्धलेकमा १, धादिङ अस्पतालमा २५ र बेनीघाटरोराङमा २ गरी २८ जना छन् ।

जिल्लाको सक्रिय केस ५२५ जना पुगेको छ । जिल्लामा अस्पतालको आईशोलेसनमा १३, संस्थागत आईशोलेसनमा ४ र होम आईशोलेसनमा ५०८ जना रहेको छन् ।

आज जिल्लामा कुनै स्वाब संकलन भएको छैन । १०९ जनाको एन्टिजिन परीक्षण मध्ये २८ पोजिटिभ आएको छ ।

जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । गजुरीमा आज ९ स्वाब संकलन भएको छ भने जिल्लाभर ११४ एनटीजेन परिक्षण मध्ये २६ पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।