
धादिङ साउन १४ । गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन जुलाई ३० अर्थात भोली शुक्रबार हुँदैछ । २०२१–२३ को लागि कार्यसमिति छनौटको लागि हुने यस निर्वाचनमा सचिव पदमा धादिङका श्याम सितल निर्विरोध निर्वाचित भई सकेका छन् भने अन्य ४ जना चुनावी मैदानमा छन् ।
चु्नावी मैदान रहेका धादिङ घर भैई जापान बस्दै आएका ४ जनाहरुमा अध्यक्ष पदमा किरण वर्मा, उपाध्यक्ष पदमा राजकुमार अधिकारी, कोषाध्यक्ष पदमा कृष्ण खनाल र सदस्य पदमा रामहरी पुडासैनीको उम्मेदवारी रहेको छ ।

धादिङको आदमघाट घर भई जापान बस्दै आएका अध्यक्ष पदका उम्मेदवार किरण बर्मा जापानको क्युशु क्षेत्रका चिरपरिचित पात्र हुन् । क्युशु क्षेत्रको उपाध्यक्ष हुँदै संयोजककोे भूमिकामा रहेर काम गरिसकेको अनुभव लिएका छन् । आफुले बहुमत मत ल्याएर जित्ने उनको दाबी रहेको छ ।
यस्ता छन् बर्माको चुनावी प्रतिवद्धता, संस्थाको आर्थिक पारदर्शिता छर्लंग हुने गरी काम गर्ने छु, जापानमा रहेको नेपालीजनको सामुहिक समस्याहरूलाई न्यूनिकरण गर्न विज्ञहरूको समूह वनाए र जापानको सरकारी तहमा सम्पर्क पुर्याई समन्वय , सहकार्य र सहयोग अगाडि वढाउने सत्प्रयास गर्नेछु ।संस्थालाई संस्थागत विधि , प्रकृया र पद्वति अपनाई सवैको अपनत्व हुने गरी संचालन गर्नेछु ।
सवै क्षेत्रलाई अझै शसक्त , अधिकार सम्पन्न गर्न जोड दिनेछु ।, जापानमा रहेका सम्पूर्ण सामाजिक संघ संथाहरुसंग हातेमालो गर्दै , सवैलाई अपनत्व हुनेगरि नेतृत्वदायी भूमिका निर्वाह गर्ने छु ।, एनआरएनएमा सदस्यता लिई सक्नु भएका व्यक्तिहरूको सदस्यता नवीकरण मात्र गर्ने प्रक्रियामा जाने छु ।, जापानमा आर्जन गरेको पुजी , ज्ञान र सिपलाई मातृभूमि नेपालको विकास र समृद्धिको पक्षमा जोड्न पुलको भूमिका निर्वाह गर्नेछु ।, जापानबासी नेपालीहरुलाई बिशेष कारणबस ओकिलको आवश्यकता परेमा संथाको तर्फबाट जापान भरी नै क्षेत्रगत रुपमा ओकिलको व्यवस्था गरिने छ ।
संस्थागत विकास र सदस्यहरुको चौतर्फी हित प्रवर्द्धन गर्ने गरी एनआरएनए जापानले गर्ने सहयोग एनआरएनए सदस्यता भएका हरुलाई अधिकार सिद्ध गर्दै आम जापानबासी नेपालीहरुलाई सहयोगको भावनाले गर्ने व्यवस्था गर्दछु ।, जापानभरी रहनुभएका विज्ञहरुको खोजि गरी बिज्ञ समिति गठन गर्नेछु र अध्यन अनुसन्धान पश्चात प्राप्त सुझाव अनुरूप अगाडि वढ्नेछु ।

यस्तै उपाध्यक्षका उम्मेदवार राज कुमार अधिकारी धादिङ गंगाजमुना गाउँपालिकाका हुन् । जापानको नागोया शहरमा बस्दै आएका अधिकारले एनआरएनए जापानको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिए सँगै भोट माग्न व्यस्त बनेका हुन् । जापानमा रहेका नेपालीहरुलाई परेको हरेक दुःख सुखमा आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न निरन्तर अगाडी बढ्ने अधिकारी सिधा, मिलनसार र सरल ब्यक्तित्व रुपमा चिनिन्छन् । एनआरएनए जापानको आगामी कार्यकालका लागि सचिव पदमा निर्विरोध निर्वाचित श्याम सितल, उपाध्यक्ष पदमा अधिकारीले चुनाव जित्नेमा ढुक्क छन् ।
२०१५ देखि गैर आवसीय नेपाली संघ जापान नागोया क्षेत्रिय समितिको सदस्य हुँदै एन आर एन ए अभियानमा प्रबेश गरेका उनि २०१७-२०१९ कार्यकालका लागी बर्तमान NRNA जापानका क्षेत्रिय उपाध्यक्ष दिपक कार्की सँग प्रतिस्पर्धा हुँदा उनिलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने सहमतिमा संयोजक पद छोडेका थिए तर कार्यकाल सकिन कारीब ६ महिना मात्र बाँकी हुँदा मनोनित गरिएको थियो ।
वर्तमान कार्यसमिती ९२०१९-२०२१० को लागी पनि युवा संयोजकमा राम थापा अनिल सँग पराजित भएका हुन । हरेक चोटि पदमा बसेर काम गर्ने चाहनालाई गुमाए पनि समाजको कुनै पनि अप्ठ्यारो परिस्थितीमा सबै भन्दा अगाडी रहेर समाज सेवा गरि रहेको हामी सबैले महसु गरेका छौं यस पटक जसरी पनि अधिकारीलाई जिताउनु पर्ने सितलको मत छ ।

त्यस्तै कोषाध्यक्षका उम्मेदवार नेत्रवती डवजोङका कृष्ण खनाल हुन् । एक दशक अघि देखि जापान बस्दै आएका खनाल सन २०१६ देखि २०१८ र सन २०१८ देखि २०२० सम्म दुई कार्यकाल धादिङ समाज जापानको अध्यक्ष समेत भैसकेका छन् । जापानका रहेका नेपालीहरु सँग राम्रो सम्बन्ध विस्तार गरेका खनाल कोषाध्यक्षका बलिया प्रतिपर्धी हुन् ।

यसै गरी थाक्रे गाउँ पालिका निवासी रामहरी पुडासैनी NRNA अन्तराष्ट्रिय समन्वय समितीको सदस्य पदमा उम्मेदवार दिएका छन् । चुनाव जित्नेमा ढुक्क रहेका उनी साथीभाई भेटघाट र भोट माग्दैमा व्यस्त छन् । एनआरएनको शाख जोगाउन आफु जस्ता इमान्दार उम्मेदवारले जित्नु पर्ने उनको धारण छ ।
