बेनिघाट रोराङमा बेवारिसे शव भेटियो

Avatar photo
Dhadingpost
साउन ११, २०७८

धादिङ साउन ११ । ‘अनुहार नै नचिन्ने गरी सडिसकेको अवस्थामा धादिङको बेनिघाट रोराङ–२ खानीखोलामा पुरुषको शव भेटिएको छ ।

खैरो रङ्गको सट र कालो रङ्गको पाइन्ट लगाएको अन्दाजी ४० वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए ।

डिएसपी खड्काका अनुसार पोष्टमार्टमको लागि उक्त शव गजुरी ल्याएका छौं ।’

तस्बिर: तुलसीजंङ थापा