
धादिङ साउन १० । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ६४ जना कोरोना संक्रमणबाट मुक्त हुँदै डिस्चार्ज भएका छन् भने यहि अवधिमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा आज थपिने कोरोना संक्रमितहरु नीलकण्ठमा १, गंगाजमुनामा ३, गल्छीमा ६, धुनीबेसीमा १, खानियाबासमा १, बेनीघाट रोराङमा २, ज्वालामुखीमा ४ र सिद्धलेकमा ६ गरी २४ जना छन् ।
हाल धादिङमा सक्रिय केस ५२७ छ । जिल्ला हस्पिटल आईसोलेसनमा १४, संस्थागत आईसोलेसनमा ६ र होम आईसोलेसनमा ५०७ रहेका छन् ।
नीलकण्ठमा ६२ र गजुरीमा ९ गरेर आज जिल्लामा ७१ स्वाब संकलन भएको छ । ५९ एनटीजेन परिक्षण मध्ये १८ पोजिटिभ आएको छ ।

