
धादिङ साउन ७ । धादिङ जिल्लाको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पूर्व शिक्षक विष्णु सिलवालले मुद्धती खातामा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् ।
नीलकण्ठ माविको प्राध्यानाध्यापकको जिम्मेवारी बहन गरि रहँदा अवकास लिएका सिलवालले बिहिबार छात्रवृत्तिका लागि अक्षयकोष संचालन सँगै खातामारकम जम्मा गरिएको भौचर विद्यालयका प्राध्यानाध्यापक ध्रुव अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ ।
सिलवाल प्राध्यानाध्यापक रहँदा नीलकण्ठ मावि जिल्ला कै नमुना विद्यालय घोषणा भएको थियो । यस्तै उनकै पालामा नीलकण्ठ माविको आय आर्जन भवन निमार्ण, १० करोड ७५ लाखमा छात्रावास र चमेना गृह रहने भवन निमार्ण, इन्जिनीरिङ कक्षा संचालन सँगै ७० लाखको खर्चमा ल्याव संचालन, सुविधा सम्पन्न पुस्तकालय र कम्प्युटर ल्याव बनेको शिक्षक उत्तम भट्टले धादिङपोष्टलाई बताए ।
