धादिङमा आज ७० जना संक्रमित थप, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
साउन ७, २०७८

धादिङ साउन ७ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७० जना कोरोना संक्रमितहरु थपिएका छन् भने यहि अवधिमा कोरोना संक्रमण पछि एक जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज संक्रमित थपिनेमा नीलकण्ठमा ४, धुनीबेसीमा २५, गल्छीमा ३, बेनीघाट रोराङमा १, ज्वालामुखीमा ७, त्रिपुरासुन्दरीमा ७, गंगाजमुनामा ५, रुवी भ्यालीमा ११ र धादिङ हस्पिटलमा ७ गरी ७० जना छन् । आज कोरोनाको कारण धुनीबेसी नगरपालिकाका ६१ बर्षीय पुरुषको मृत्यु संगै धादिङमा मृत्यु संख्या ७९ पुगेको छ । यस्तै आज डिस्चार्ज हुनेको संख्या ४१ रहेको छ ।

जिल्लाको सक्रिय केस ६२० पुगेको छ । जिल्ला हस्पिटल आईशोलेसनमा १६, संस्थागत आईशोलेसनमा १३ र होम आईशोलेसनमा ५९१ रहेका छन् ।

जिल्लामा आज स्वाब संकलन भएको छैन । १९५ एनटीजेन परिक्षण मध्ये ७० पोजिटिभ आएको छ ।