
धादिङ साउन ५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०० जना कोरोना संक्रमित थप भएका छन् भने यहि अवधिमा ६० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थप भएका संक्रमितहरुमा गजुरीमा १८, बेनिघाटमा २१, गंगाजमुनामा १३, ज्वालामुखीमा ३, त्रिपुरासुन्दरीमा १२, धादिङ हस्पिटलमा ३३ गरी १०० छन् ।
हाल धादिङमा सक्रिय केस ६२८ पुगेको छ । जिल्लामा हस्पिटल आईशोलेसनमा १७, संस्थागत आईशोलेसनमा १८ र होम आईशोलेसनमा ५९३ रहेका छन् ।
जिल्लामा आज स्वाब संकलन भएको छैन । १२८ एनटीजेन परिक्षण मध्ये ५० पोजिटिभ आएको छ ।

