धादिङमा बृद्धि भएको बस भाडा फिर्ता गर्न अखिल क्रान्तिकारीको दवाव

Avatar photo
Dhadingpost
साउन २, २०७८

धादिङ साउन २ । धादिङका यातायात व्यवसायीहरुले विगत ३ दिन अघि गरेको २८ प्रतिशत भाढा बृद्धिको विषयमा धादिङपोष्टले समाचार प्रकाशित गरे सँगै जिल्ला भर भाडा बृद्धिको विषयमा चर्चा सुरु भएको छ ।

सरकारले अन्तरप्रदेश स्तरीय लामो दुरीमा चल्ने जिल्लाहरुको नामै तोकेर भाडा शुल्क बद्धि गरेको थियो यहि मौका छोपी धादिङका यातायात व्यवसायी संस्थाहरुले पनि भाडा शुल्क २८ प्रतिशदले बढाएका थिए ।

धादिङ काठमाडौं भाडा १८५ रहेकोमा बृद्धि गरि २३५ पुर्याईएको र भाडा मनलाग्दी ढंगले बृद्धि गरेको पाईएकोले तत्काल बृद्धि गरेको भाडा शुल्क फिर्ता गर्न माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी धादिङले अपिल गरेको छ ।

जिल्ला संयोजक उपेन्द्र जमकट्टेलले एक विज्ञप्ती जारी गर्दै तत्काल बृद्धि गरेको भाडा दर खारेजीको माग गरेका हुन् । फाईल फोटो