
धादिङ साउन २ । धादिङबाट विभिन्न स्थानमा चल्ने यात्रु बहाक बसमा अहिले साविकको भाडामा २८ प्रतिशतले बृद्धि भएको छ ।
सरकारले अन्तर प्रदेश चल्ने लामो रुटका बसहरुमा भाडा बृद्धि गरे पनि धादिङका यातायात संचालन संस्थाहरुले साविकको दरमा तेलको मुल्य बृद्धिले चलाउनै नसक्ने अवस्थामा थियो । लामो दुरी चल्ने मात्रै हैन सबै यातायातमा भाडा समायोजन गर्ने, बृद्धि गर्ने निर्णय भएकोले हामीले बढाएका हौं ग्रामिण यातायात सहकारीका संचालक समिति सदस्य विनोदबाबु रिमाल बताउँछन् ।
धादिङ काठमाडौं सविकको भाडा १८५ हो यसमा २८ प्रतिशत बृद्धि गर्दा २३७ हुने हो तर हामीले २३५ मात्रै लिने भनेका छौं । जिल्लाबाट चल्ने सबै यात्रुबहाक बसले २८ प्रतिशद सम्म भाडा बढाउन पाउने व्यवस्था भएको रिमाल बताउनँछन् ।
यस्तो छ बसभाडा दर रेट
धादिङबाट
- धादिङबेसी-ससाह भाडा रु.२५
- धादिङबेसी-डुम्रेखोला भाडा रु.३५
- धादिङबेसी-कालिदह भाडा रु.४०
- धादिङबेसी-नलाङ बैरेनी भाडा रु.४५
- धादिङबेसी-बुङ्चुङ भाडा रु.५५
- धादिङबेसी-फिफिसेटार भाडा रु.६५
- धादिङबेसी-मलेखु भाडा रु.७५
- धादिङबेसी-गजुरी भाडा रु.९०
- धादिङबेसी-घाटबेसी भाडा रु.१००
- धादिङबेसी-आदमघाट भाडा रु.११५
- धादिङबेसी-मासटार भाडा रु.१२५
- धादिङबेसी-गल्छी भाडा रु.१४०
- धादिङबेसी-सिम्ले भाडा रु.१५५
- धादिङबेसी-महादेवबेसी भाडा रु.१७०
- धादिङबेसी-जुगेखोला भाडा रु.१८५
- धादिङबेसी-धार्के भाडा रु.१९५
- धादिङबेसी-नौबिसे भाडा रु.२००
- धादिङबेसी-खानीखोला भाडा रु.२१०
- धादिङबेसी-टायलघर भाडा रु.२२०
- धादिङबेसी-काठमाडौं भाडा रु.२३५
काठमाडौंबाट
- काठमाडौं-टायलघर भाडा रु.५०
- काठमाडौं-खानीखोला भाडा रु.६५
- काठमाडौं-नौबिसे भाडा रु.७५
- काठमाडौं-धर्के भाडा रु.८५
- काठमाडौं-जुगेखोला भाडा रु.९५
- काठमाडौं-महादेवबेसी भाडा रु.१०५
- काठमाडौं-सिम्ले भाडा रु.१२०
- काठमाडौं-गल्छी भाडा रु.१४०
- काठमाडौं-मासटार भाडा रु.१५०
- काठमाडौं-आदमघाट भाडा रु.१६०
- काठमाडौं-घाटबेसी भाडा रु.१७०
- काठमाडौं-गजुरी भाडा रु.१८०
- काठमाडौं-मलेखु भाडा रु.१९०
- काठमाडौं-फिसफिसेटार भाडा रु.२००
- काठमाडौं-बुङ्चुङ भाडा रु.२१०
- काठमाडौं-नलाङबैरेनी भाडा रु.२१५
- काठमाडौं-कालिदह भाडा रु.२२०
- काठमाडौं-डुम्रेखोला भाडा रु.२२५
- काठमाडौं-ससाह भाडा रु.२३०
- काठमाडौं-धादिङबेसी भाडा रु.२३५
डिलक्स दिवा सेवा
- धादिङबेसी-काठमाडौंभाडा रु.२९०
- काठमाडौं-धादिङबेसी भाडा रु.२९०
- काठमाडौं-आरुघाट रु.५८५
- धादिङबेसी-आरुघाट रु.२९५
रात्री सेवा
- काठमाडौं-आरुघाट रु.७५०
- आरुघाट-काठमाडौं रु.७५०
- काठमाडौं-धादिङबेसी रु.३७५
- मलेखु-धादिङबेसी रु. १००

