धादिङमा आज ५० जना कोरोना मुक्त, १० जना संक्रमित

Avatar photo
Dhadingpost
साउन १, २०७८

धादिङ साउन १ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने यहि अवधिमा १० जना कोरोना संक्रमित थप भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार धुनीवेसी नगरपालिकामा २ जना र धादिङ अस्पतालमा ८ जना गरि आज धादिङमा १० जना संक्रमित थप भएको हो ।

धादिङको सक्रिय केस ५३३ पुगेको छ । जिल्ला भित्र धादिङ अस्पतालको आईशोलेसनमा ७ जना, संस्थागत आईशोलेसनमा १९ जना र होम आईशोलेसनमा ५०७ जना रहेको छ ।

आज जिल्लामा स्वाब संकलन भएको छैन । ५४ एन्टिजिन परीक्षण मध्ये १० जना पोजिटिभ आएको छ ।