
धादिङ असार ३१ । धादिङको रुवीभ्याली गाउँपालिका ६ का वडा अध्यक्ष नरमान गुरुङले वडा नम्बर ५ को समेत अध्यक्ष बनेर सिफारिस गरेको पाईएको छ ।
रुवीभ्याली ६ का वडा अध्यक्ष नरमान गुरुङले ५ को समेत अध्यक्ष वनेर सेवाग्रहीलाई सिफारिस बनाईदिए पछि ५ का वडा अध्यक्ष धिराज तामाङले नेपालको संविधान २०७२ को कुन धारामा तथा उपधारा र स्थानीय तह संचालन निर्देशिका ऎन २०७४ को कुन दफा र उपदफामा अर्को वडा अध्यक्ष बनेर सिफरिस गर्न पाईने व्यवस्था छ भनेर प्रश्न गरेका छन् ।
५ का वडा अध्यक्ष धिरज तामाङ मोटरसाईकल दुर्घटनामा परि अस्पतालमा उपचारत रहेको र अध्यक्ष तामाङले कार्यवहाक जिम्मेवारी वडा सदस्य दज्र्मुङ तामाङलाई दिए पनि वाड नम्बर ६ का अध्यक्षले क्षेत्रा धिकार बाहिर गएर वडा नम्बर ५ को समेत अध्यक्ष बनेर सिफरिस दिएको पाईएको हो ।
तपाई किन क्षेत्राधिकार बाहिर जानु भयो ? कानुनले अर्को वडाको समेत अध्यक्ष बनेर सिफरिस गर्ने अधिकार दिएको छ ? भन्ने धादिङपोष्टको प्रश्नमा ६ का अध्यक्ष नरमान गुरुङ भन्छन्, माथितिर यहि चलन छ व्यवहारिकता हेरेर सम्बन्धित वडा अध्यक्ष नहुँदा अर्को वडा अध्यक्षले त्यहि वडाको लेटर हेड प्रयोग गरेर सिफरिस दिने चलन छ त्यहि गरेको हुँ ।
यस्तो छ, वडा नं. ६ का अध्यक्षले ५ को अध्यक्ष बनी गरेको सिफारिस

५ का अध्यक्ष धिराज तामाङले कार्यवहाक तोकेको पत्र


