
धादिङ असार २९ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालमा पहिलो पल्ट हृदयघात (Heart Attack,Myocardial infarction) को सफल उपचार गरिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
हृदयघात (Heart Attack,Myocardial infarction) भई अस्पताल ल्याईएको एक ७० वर्षिय महिलालाई धादिङ जिल्लामा नै पहिलो पटक सफल उपचार गरिएको जिल्ला अस्पताल धादिङका प्रमुख डा. त्रिभुवन झाले धादिङपोष्ठलाई बताउनु भयो ।
मुटुको धमनीमा जमेको रगत फुटाल्ने औषधि (Injection Tenectoplase) प्रयोग गरी धमनीको ब्लक खोल्न सफल भएका छौं । एउटै डोजको ७८ हजार पर्ने औषधिको धादिङ अस्पतालमा पहिलो पटक सफल प्रयोग गरिएको समेत डा. झाले बताउनु भयो ।

