धादिङका हरि गोतामे अष्ट्रेलियामा ब्याडमिन्टन च्याम्पियन बने

Avatar photo
Dhadingpost
असार २०, २०७८

अष्ट्रेलिया असार २० । नेपाली ताजमानिया खेलकुद परिषद अष्ट्रेलियाको आयोजनामा शनिबार भएको ब्याडमिन्टन च्याम्पियनसिप -२०२१ मा पुरुष सिंगल तर्फ हरि गोतामेले सन्दिप न्यौपानेलाई सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गर्नु भएको छ ।

त्यस्तै गरि पुरुष डवल्स तर्फ पनि हरि गोतामे र सन्दिप पुनको जोडीले कर्ण गुरुङ र खर्क सिपटुङखाको जोडीलाई २-१ को सेटमा पराजित गरी विजयी भएका छन् ।

आयोजकले डबल्स तर्फ १५० डलर र सिंगल तर्फ ३०० डलर नगद सहित हरि गोतामेलाई ट्रफी प्रमाण पत्र सहित सम्मन गरेको छ ।

धादिङमा रहँदा फुटबल, क्रिकेट, ब्याडमिण्टनका राम्रो खेलाडी मध्य पर्ने गोतामे हाल केहि वर्ष देखि अष्ट्रेलिया बस्दै आएका छन् ।