
धादिङ असार १९ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङले सामाजिक सेवा इकाई मार्फत अस्पतालमा आउनेलाई अवस्था हेरि अंशिक वा पुरै छुट दिने जनाएको छ ।
अस्पतालका सूचना अधिकारी बिक्रम बिश्वकर्माले दिनु भएको जानकारी अनुसार (गरीव, असाह्य, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैंगिक हिंसा पिडित (बालकालिका सहित) महिला स्वास्थ्य स्वयम सेविका, सहिद परिवार, प्राकृतिक प्रकोपमा परेका, थुनुवा, दुर्घटनामा परेका घाईते, कुपोषित बालबालिकाहरुलाई अवस्थाहेरी आंशिक देखि पूर्ण छुट दिईने छ ।
सूचना अधिकारी बिश्वकर्माका अनुसार छुट लिनका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिस, अपाङ्गता भएको व्यक्ति, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयम् सेविक, सहिद परिवार सदस्यको हकमा परिचय पत्र, नागरिकताको प्रतिलिपि र थुनुवाको हकमा प्रहरी कार्यालयको पत्र चाहिने छ ।

