
पोखरा असार १९ । धादिङ(पोखरा सम्पर्क समाजको चाहाना, निश्वार्थ समाज सेवाको भवाना भन्ने नाराको साथ पोखरा स्थित सभा गृह चोकमा आज १८औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
७८ युनिट रगत संकल भएको उक्त रक्तदान कार्यक्रममा समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ र युवराज खतिवडाले समाजलाई सामाजिक संस्थाको रुपमा अघि बढाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा संयोजक कुमार आचार्य, त्रिपुरासुन्दरी गाउँपालिका इकाइका संयोजक सुदर्शन बसौला, ज्वालामुखी इकाइमा अध्यक्ष शेरबहादुर अधिकारी, सिद्धलेक इकाइका अध्यक्ष रामप्रसाद दुवाडीले पनि बोलेका थिए ।
समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत र सचिव सरस्वती श्रेष्ठ सरुले सञ्चालन गरेकी थिइन् ।

