
धादिङ असार १८ । बिहिबार साँझ धादिङबेसी पुछारबजार चोकमा मोटरसाईकल दुर्घटनामा परि घाईते वाईसीएल धादिङका नेता, ज्वालामुखी गाउँपालिका मैदी निवासी इश्वर वस्नेत (जीवन्त) लाई धादिङ अस्पतालमा सामान्य उपचार गरि हिजै काठमाडौं स्थित ट्रमा सेन्टर लगिएको थियो ।
वाईसीएल वागमती प्रदेश सदस्य समेत रहेका जीवन्त मोटरसाईकल दुर्घटनामा परि टाउकोका चोट लागेकोले थप उपचारको लागि ट्रमा सेन्टरले काठमाडौं स्थित अर्को अन्नपूर्ण न्यूरो अस्पतलामा पठाएको छ ।
खतरा मुक्त रहेपनि टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारको लागि न्यूरो अस्पताल लगिएको माओवादी केनद्र धादिङका जिल्ला कमिटि सदस्य लक्ष्मण रम्तेलले धादिङपोष्टलाई बताए ।

