धादिङमा आज १०४ जना डिस्चार्ज, १७ जना पोजेटिभ

Avatar photo
Dhadingpost
असार १५, २०७८

धादिङ असार १५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०४ जना कोरोना संक्रमणबाट मुक्त हुँदै आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने १७ जना संक्रमित थपिएका छन् ।

आज थपिएका संक्रमितहरु गजुरीमा ६, ज्वालामुखीमा २, गंगाजमुनामा १, थाक्रेमा ५, र रुबीभ्यालीमा ३ गरी १७ जना रहेका छन् ।

जिल्ला भित्र ४९७ र जिल्ला बाहिर ६४ गरेर धादिङको सक्रिय केस ५६१ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १५, संस्थागत आईशोलेसनमा ३६ र होम आईशोलेसनमा ४५६ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा १५ र होम आईशोलेसनमा४९ रहेका छन् ।

जिल्लामा आज स्वाब संकलन भएको छैन । २६ एनटीजेन परिक्षण मध्ये १२ पोजिटिभ आएको छ ।