धादिङ डेरीलाई १५ असार नजिके सँगै दही बनाउन चटारो

Avatar photo
Dhadingpost
असार १३, २०७८

धादिङ असार १३ । धादिङबेसी पुछारबजारमा रहेको धादिङ डेरीलाई अहिले दही प्याकिङ् गर्न भ्याई नभ्याई भएको छ ।

१५ असारमा १० हजार लिटर दही विक्रि हुने लक्ष्य राख्दै दही बनाउन र प्याकिङ्को काम सुरु गरिएको धादिङ डेरीका संचालनक राम्जी खनाल बताउँछन् ।

रामपुर, पाल्पा, मुलीभञ्याङ, तल्लोबेसी, तारुकाबाट दैनिक १५ सय लिटर दुध संकलन गर्दै आएको यस डेरीले यसपटक दहि बनाउन चितवनबाट समेत दुध मगाएको छ ।

हामी सँग भएको दुधले मात्रै दही बनाउन नपुग्ने भएकोले १५ असारलाई लक्ष्यित गरि चितवनबाट पनि दुध ल्याईएको बताउँदै संचालनक खनाल भन्छन्, यो पटक धादिङ डेरीले धादिङबेसी आसपास १५ असारको दिन दही होम डेलिभरी समेत गर्नेछ ।