थाक्रे गाउँपालिकाद्धारा वजेट सार्वजनिक

Avatar photo
Dhadingpost
असार ९, २०७८

धादिङ असार ९ । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९को लागि वजेट सार्व जनिक गरेको छ । आज सम्पन्न थाक्रे गाउँपालिकाको नवौँ गाउँसभाले ८१ करोड, ६ लाख ६३ हजारको बजेट सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको वजेटमा पुर्वाधारमा ३६ लाख, सडक क्षेत्रतर्फ १८ करोड ४१ लाख ४ हजार, आर्थिक बिकास तर्फ ३४ लाख, कृषि बिकास तथा उत्थानको लागी २ करोड ४१ लाख ६७ हजार, पर्यटन बिकास तथा प्रबद्र्धनका लागी २ करोड ५४ लाख, पशु बिकास तर्फ ७१ लाख, सहकारी तर्फ १० लाख बिनियोजन भएको छ । सिँचाईका लागी १ करोड २८ लाख, सामाजिक बिकास तर्फ १ करोड ५६ लाख, शिक्षामा २४ करोड २७ लाख ७२ हजार बिनियोजन भएको छ ।

भाषा तथा संस्कृति तर्फ १२ लाख ५० हजार, महिला बालबालिका तर्फ १ करोड ६२ लाख, युवा तथा खेलकुदमा १ करोड १५ लाख,स्वास्थ्य तर्फ ५ करोड ९३ लाख ६० हजार बिनियोजन गरिएको छ । सामाजिक सुरक्षा तथा संरक्षणमा १ करोड ५१ लाख, सम्पदा पुर्बाधारमा १ करोड ५५ लाख, भवन तथा सहरी बिकास तर्फ ७ करोड ८८ लाख, कार्यालय तथा प्रशासन खर्च ९ करोड १५ लाख ५० हजार बिनियोजन गरिएको छ ।

फोटो स्रोतः रेडियो राजमार्ग